भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं,बैशाख २१ । सरकारले भोलि (बैशाख २२ गते) देशभर सार्वजनिक बिदा दिने भएको छ ।

शुक्रबार बुद्ध जयन्तिको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था र सरकार कार्यालय बन्द हुनेछन् ।

विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्