नवनियुक्त तीन मन्त्रीहरुले लिए शपथ
काठमाडौं,बैशाख २१ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शितल निवासस्थित राष्ट्रपति कार्यालयमा विहिबार आयोजित कायर्क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

