प्रचण्ड सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने रास्वपाको निर्णय
काठमाडौं,बैशाख २२ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको छ ।
लामिछानेले शुक्बार सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
सभापति रवि लामिछाने चितवन २ बाट पुन निर्वाचित भएपछि रास्वपाले रणनीतिमा हेरफेर गरेको छ ।

