किराँत समुदायले धुमधामसँग मनाए उभौली पर्व
काठमाडौं,बैशाख २३ । प्रकृति पूजक किराँत समुदायले धुमधामसँग उभौली पर्व मनाएका छन् । वैशाख शुक्ल पूर्णिमाका दिन उनीहरूले यो पर्व मनाएका हुन् ।
वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख–शान्ति छाओस्, सबैको सुस्वास्थ्य राम्रो होस् र दैविप्रकोप तथा विपक्ति नआउन् भनी यो पर्वमा प्रकृतिको पूजा गरिन्छ । किराँत समुदायले आफ्नो पर्वमा प्रकृतिको पूजा गर्छन् ।

