दोलखामा आफ्नै भाईले गरे दिदीको हत्या



दोलखा,बैशाख २४ । दोलखामा आफ्नै भाईले दिदीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार राती पक्राउ गरेको जनाएको छ ।

विगत १ बर्षदेखी माईतीमा बस्दै आएकी मेलुङ गाउँपालिका–१ पोवटी बस्ने ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा २३ वर्षीय रामभरत भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

कल्पनालाई भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

घटना लगत्तै प्रहरी चौकी किरातिछाँप र जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्