महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बने सुरेन्द्र आचार्य
काठमाडौं,बैशाख २४ । नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।
नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । उक्त मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ

