आमिर खान काठमाडौंमा
काठमाडौं,बैशाख २४ । बलिउडका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौं आइपुगेका छन् । खान आइतबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
उनलाई पूर्वराज्यमन्त्री एवम् व्यवसायी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
खान बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न काठमाडौं आएको बताइएको छ । उनले विपश्यना केन्द्रमा १० दिन ध्यान गर्ने बताइएको छ ।

