नगदसहित जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ



काठमाडौं,बैशाख २४ । कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्