ठूलो दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, बल्ल-बल्ल अवतरण



काठमाडौं, वैशाख २५ । भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पुन भैरहवामा आकस्मिक अवतरण गरेको छ। भैरहवाबाट ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडेको जहाज १० बजे भैरहवा एयरपोर्टमै आकस्मिक अवतरण गरिएको हो।

जहाजमा के खराबी आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। भैरहवा एयरपोर्टको रनवेमै जहाज भएकाले एयरपोर्ट क्लोज गरिएको छ। जहाजमा पावर छैन।

जहाज तान्नलाई ट्याक्टर आइरहेको छ। यात्रुलाई जहाजबाट ओरालिएको छैन।

प्रतिक्रिया दिनुहोस्