ढाकाकुमार श्रेष्ठको मुद्दामा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश



काठमाडौं,बैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश श्रेष्ठले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेका छन् । यसैगरी, सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ ।

अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि न्यायाधीश श्रेष्ठले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्