नुवाकोट दुप्चेश्वरमा एक जना मृत भेटिए



नुवाकोट,बैशाख २५ । दुप्चेश्वर गाउँपालिकामा एक जना मृत भेटिएका छन् ।

मृत भेटिएका मानिस दुप्चेस्वर गाउँपालिका वडा नम्बर २ कडेनीका ७५ वर्षीय नाम्का शेर्पा रहेका छन् । स्थानीय समुन्द्राटार बजारबाट २ सय मिटर पर खोलामा फेला परेका हुन् ।

उनको शव खोलामा डुबेको अबस्थामा मृत भेटिएको स्थानीय युवा राजकुमार श्रेष्ठले बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्