विदेशबाट थप एक मोबाइल ल्याउन पाइने
काठमाडौं,बैशाख २६ । सरकारले वैदेशिक रोजगारमा गएकालाई थप एउटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागु गर्ने निर्णय भएको छ ।
यस्तै, ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको छ ।

