काङ्ग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ



काठमाडौं,बैशाख २७ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्