तेह्रथमुको पञ्चकन्यामा आगलागी हुँंदा २ जनाको मृत्यु



तेह्रथमु,बैशाख २८ । तेह्रथमुको छथर गाउँपालिका ३ पञ्चकन्यामा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार अपरान्ह भएको आगलागीमा परी ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षिय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको हो ।

आगो निभाउने क्रममा देवेन्द्र नेवार, प्रकास तामाङ, युवराज श्रेष्ठ र ओम श्रेष्ठ घाइते भएका छन् । घाइते मध्ये नेवारको हात र खुट्टा जलेको छ । उनको अवस्था गम्भीर छ । अन्य ३ जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका हुन् ।

घाइतेहरुलाई स्थानीय छथर अस्पतालमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ । स्थानीय गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्तीमा सल्कींदा मानवीय क्षती भएको हो ।

प्रतिक्रिया दिनुहोस्