उड्डयन प्राधिकरणलमा खुल्यो यति धेरै पदमा जागिरको अवसर
काठमाडौं, वैशाख २९ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सयभन्दा बढी पदमा जागिर खुलेको हो ।
प्राधिकरणमा आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म रिक्त हुन आउने पदहरूमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पद पुर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार सो जागिर खुलाइएको हो ।
आजको २१ दिनभित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।


