कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा



काठमाडौं,बैशाख २९ । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले शुक्रबार बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो ।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्