ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान
काठमाडौं,बैशाख २९ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन् । उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन् ।
उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका थिए । १० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो । तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन् ।
आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन।

