गुडिरहेको बसमा आगो लागेपछि
धादिङ,बैशाख ३० । त्रिभुवन राजपथअन्तर्गत धुनिवेशी नगरपालिका-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।
धादिङको खाल्टेबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रु बहाक बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् ।

