‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन’



काठमाडौं,बैशाख ३१ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उनले यस्तो बताएका हुन् ।

कांग्रेस नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरीले आफूलाई पक्राउ गरेकाे जिकिर गरे ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्