टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ



काठमाडौं,बैशाख ३१ । टोपबहादुर रायमाझी बुढानिलकण्ठबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका हुन ।

गृह मन्त्रालय स्रोतका अनुसार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्