नक्कली भुटानी शरणार्थी प्रकरण : फरारको १२ दिनपछि समातिए एमालेका निलम्बित सचिव रायमाझी



काठमाडौं,जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतवार साँझ पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी फरार भएको १२ दिनपछि पक्राउ परेका हुन् । 

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको केही समयपछि उनी फरार भएका थिए । 

त्यसको केही दिनपछि एमालेले उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्