मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा



गोरखा,जेठ १ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिडयताको सबैभन्दा बढी रहेको छ । ‘कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको हो। अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएका छन्।

संचालक राजेशबावु श्रेष्ठले भने वैशाख भर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको र असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए । पछिल्लो समय भारतीय पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको बताए।

कम्पनीले मनकामना केबलकार केही समय अघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नति गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेकोछ । यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्टसिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्