नागरिक उन्मुक्ति पार्टीले गर्यो पाँच दिन नेपाल बन्दको घोषणा
काठमाडौं,जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो ।
आज (जेठ ३ गते) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो । रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन चेतावनी दिएको छ ।


