काठमाडौंको तारकेश्वरमा बस दुर्घटना, १ को मृत्यु
काठमाडौं,जेठ ३ । काठमाडौको तारकेश्वर ११ को शेषमती लामबगरमा बस दुर्घटना भएको छ ।
काभ्रेस्थलीबाट रत्नपार्क तिर तिव्र गतिमा आउंदै गरेको बसले शेषमतीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
तिव्र गतिमा आएको ६३६७ नम्बरको बस मोटरसाइकलसंग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ११ जना घाइते भएको बताइएको छ ।

