तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
तनहुँ,जेठ ५ । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् ।
बिहीबार बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको थियोे । आक्रमण लगत्तै भालु भागेको थियो ।
घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

