सरकारले गरेको परिभाषालाईसमेत हेरेर स्टार्टअप अवार्ड्स छनोट गरिएको हो : शाक्य



काठमाडौं,जेठ ६ । न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्सका जुरी मेम्बर सुमन शाक्यले सरकारले गरेको परिभाषालाई हेरेर अवार्ड विजेता छनोट गरिएको बताएका छन् ।

सबैभन्दा बढी जोड समस्या छ कि छैन, समस्याको समाधान कसरी गरिएको छ ? कम्पनी कति स्थिर छ ? त्यसलाई हेरिएको उनले बताए । कम्पनीलाई कसरी अघि बढाइएको छ ? त्यसलाई मापन गरेर अवार्ड छनोट गरिएको उनले प्रस्ट पारे ।

कम्पनीको सुशासन, परदर्शीता र वृद्धिदरतालाई समेत हेरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्