रसुवामा एक युवती झुन्डिएको अवस्थामा भेटिइन्



रसुवा,जेठ ९ । रसुवामा एक युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ भदौरेकी १९ वर्षिय लक्ष्मी पौडेल झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

गत चैत्र २५ गतेदेखि हराइरहेकी उनी कालिका गाउँपालिका वडा नम्बर ४ मा रहेको रिप पालेको वनमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

वनमा डढेलो लागेको कारणले उनको शरिरको केही भाग भने जलेको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्