यस्तो छ तारागाउँ रिजेन्सी होटल्सको २६औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं,जेठ १० । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २६औं वार्षिक साधारण सभा बैशाख १० गते सम्पन्न भएको छ।

गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताप पारित गरेको हो ।

साथै संचालक सुरेश राज जोशीको नियुक्ती, समूह ख बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सर्राफ, सुरेश लाल श्रेष्ठ र देवेश सर्राफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर राणा, मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्तीलाई समेत सभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्