रुकुममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, आठ घाइते



रुकुम, जेठ ११ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । 

घटनास्थलबाट सानीभेरी गाउँपालिका ३ का नवराज पुनले दिएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज१७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उनका छोराको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्