सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं,जेठ १४ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।
जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

