अब प्रोत्साहन भत्ता खारेज हुने
काठमाडौं,जेठ १५। प्रोत्साहन भत्ता अब खारेज हुने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदैै आएको प्रोत्साहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता खारेज गर्ने घोषणा गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तिय श्रोतमा परेको चापलाई कम गर्न यस्तो उद्धघोष गरेका हुन् ।

