कृषि, पर्यटन लगायतका आयोजनालाई उच्च प्राथमिकता दिइने



काठमाडौं,जेठ १५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।

सोमवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री महतले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताए । उनले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताए । उनले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने बताए ।

उनले गुणस्तरिय सामाजिक विकास,सुरक्षा र न्याय प्रणालीको प्रत्याभूत गर्ने,लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च पार्ने बताए । उनले आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्युनिकरण गर्ने र समष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने, संघीयताको सवलीकरण र सुशासन कायम गर्ने बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्