वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति
काठमाडौं,जेठ १५ । सरकारले वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरमा विकास गर्न बजेट छुट्याइएको छ ।
२०७२ सालको भूकम्पले बर्न वार्ड रहेको भवन भत्काएपछि पुनस् उपचार सेवा सुरु हुन सकेको थिएन । सरकारी तथ्यांकअनुसार वार्षिक ७६ हजारभन्दा धेरै मानिस जलनबाट प्रभावित हुन्छन् ।
नेपालमा कीर्तिपुर अस्पताल, त्रिवि अस्पताल, पाटन अस्पताल, सुष्मा मेमोरियल अस्पतालमा जलनको उपचार हुँदै आएको छ ।

