अन्तरराष्ट्रिय बजारमा नेपाली ब्राण्डका मदिरा निर्यात गरिने 



काठमाडौं,जेठ १६ । अन्तरराष्ट्रिय बजारमा नेपाली ब्राण्डका मदिरा निर्यात गरिने भएको छ । सरकारले बजेट मार्फत स्वदेशी मदिरा उत्पादकले गुणस्तरीय मदिरा उत्पादन गरी अन्तरराष्ट्रिय बजारमा नेपाली ब्राण्डका मदिरा निर्यात प्रवर्द्धन गर्न ‘एक्स्ट्रा न्यूट्रल अल्कोहल’ स्प्रिटलाई रिडिस्टिलेसन गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ ।

वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याङउने हेतु गुट्खा तथा सूर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ्ग गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्यरूपमा जैविक रुपमा सडेर जाने ‘वायो डिग्रेडेवल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्