काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मा उपप्रमुख डंगोललाई



काठमाडौं,जेठ १९ । काठमाडौं महानगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोलले पाएकी छन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह व्यक्तिगत कामका लागि देश बाहिर रहेको कारण कार्यवाहक नगरप्रमुखको जिम्मा डंगोलले पाएकी हुन्।

व्यक्तिगत कामका लागि भन्दै मेयर शाह हिजो साँझ भारत प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्