कर्मचारी झुण्डिएको अवस्थामा फेला
अछाम,जेठ २१ । पूर्वाधार विकास कार्यालयको सुपरभाइजरमा कार्यरत एक जना कर्मचारी अछामको चौरपाटीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
चौरपाटी गाउँपालिका –५ लुंग्रा निवासी ३५ वर्षीय समशेर खड्का चौरपाटी गाउँपालिका –३ को चिरकाट्यामा मृत अवस्थामा भेटिएका हुन् ।
मृतक खड्का चौरपाटी–चौखुट्टे सडकमा करिब तीन हप्तादेखि सुपरभाइजरको काममा कार्यरत थिए । रुखमा झुण्डिएको अवस्थामा आइतबार उनको शव फेला परेको वडा अध्यक्ष वीरेन्द्रकुमार साउदले जानकारी दिए ।अछामका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार घटनाको बारेमा थप अनुसन्धान थालिएको छ ।

