अत्यधिक गर्मी बढेपछि नुवाकोटका निजि विद्यालय पाँच दिन बन्द
नुवाकोट,जेठ २१ । दिवा समयमा अत्यधिक गर्मी बढेपछि नुवाकोटका निजि विद्यालय ५ दिन बन्द हुने भएको छ ।
निजि तथा आवासीय विद्यालय अर्गनाइनेजशन नेपाल (प्याप्सन) नुवाकोटले आइतबार एक सूचना जारी गर्दै ५ दिन विद्यालय बन्द बारे निर्णय लिएको हो ।
विज्ञप्तीमा अत्याधिक गर्मी बढेको र त्यसले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै जेठ २२ गते सोमवारदेखि २६ गतेसम्म विदा दिने निर्णय गरेको प्याप्सन नुवाकोटका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।


