सुनकोसी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो



काठमाडौं,जेठ २३ । सुनकोसी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटियो भटिएको छ ।

सुनकोसी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी चढेको गाडीभित्र दुई जनाको शव मैगलबार भेटिएको हो । भेटिएको शवको पहिचान हुन सकेको छैन । अन्य एक जनाको अवस्था भने अज्ञात छ ।

गत शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडी सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा खसेको थियो ।

गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीन जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्