नुवाकोट शिवपुरीमा अवस्थित घट्टेकी देवी मन्दिर उद्घाटन



नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर -८ खनियाचौरमा अवस्थित घट्टेकी देवी मन्दिर उद्घाटन भएको छ ।

शुक्रबार एक समारोहका बीच सो मन्दिर उद्घाटन भएको हो । घट्टेकी देवी महाकन्यादेबि मन्दिर सहित सत्तल समेत उद्घाटन भएको हो ।

समारोहमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले मन्दिर उद्घाटन गरेका थिए भने टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले जुँगे खोला पुल उद्घाटन गरे। उद्घाटन कार्यक्रम मा शिवपुरी -८ का वडा अध्यक्ष केशवप्रसाद रिजाल, वडाका अन्य चन्दा दाता सहयोगीलाई सम्मान गरिएको थियोे । त्यस्तै कार्यक्रममा मन्दिर निर्माण समितिका अध्यक्ष एबम कार्यक्रमका सभापति मीनबहादुर लोहनीलाई समिति को तर्फबाट सम्मान गरिएको थियोे ।

उद्घाटनको अवसरमा मन्दिरमा लाख बत्ति प्रज्वलन, होम पाठ लगाइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्