प्रधानमन्त्री प्रचण्ड आज नुवाकोट आउँदै



नुवाकोट,जेठ २७। प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ लाकुरीभन्ज्याङमा बनेको नयाँ प्रशासनिक भवन उद्घाटनको लागि नुवाकोट आउने भएका हुन् । पछिल्लो समयसम्म टोखा-छहरे हुँदै सवारी हुने बताइएपनी हेलिकप्टरबाटै आउने निधो भएको गाउँपालिकाले जनाएको छ ।

प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लागेका हु्न । उनी यसअघि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनको लागि पञ्चकन्यामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्