नुवाकोटमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु



नुवाकोट,२७। तादी गाउँपालिका-४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् ।

श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी बाहिर निकालेको थियो । उनलाई अस्पताल लैजान नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्