नुवाकोटको तादीमा करेन्ट लागेर एक जनाको मृत्यु



नुवाकोट,जेठ २७ । नुवाकोटको तादी गाउँपालिकामा करेन्ट लागेर एकजनाले ज्यान गुमाएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर स्थानीय सुमन तामाङको ज्यान गएको हो ।

स्थानीय वर्ष २१ का तामाङको करेन्ट लागेर मृत्यु भएको हो भने अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएका छन् । तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्