तनहुँमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु
तनहुँ,जेठ २८। आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउने रहेका छन् ।
आबुखैरेनी-२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
आबुखैरेनी-५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको थियोे ।

