बजेट नसच्याए सरकार ढल्छ : अध्यक्ष नेपाल



काठमाडौं,जेठ २९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गरेका हुन् ।

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्शा राख्नेकुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्