जुवातास खेलिरहेको अवस्थामा नगदसहित १३ जना पक्राउ
काठमाडौं,जेठ ३० । बाग्लुङ ढोरपाटन नगरपालिका १ घर भई सोही महानगरपालिका ११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

