बोराभित्र महिलाको शव भेटियो
तनहुँ,जेठ ३० । तनहुँमा बोराभित्र महिलाको शव भेटिएको छ । जिल्लाको व्यास नगरपालिका- ४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको हो ।
नालामा बोराभित्र अन्दाजी २२ वर्षकी महिलाको शव सडिसकेको अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सुवर्ण मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोराभित्र शव फेला परेको र महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।

