इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध
काठमाडौं,जेठ ३१ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालका लागि उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेनद्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने बाँकी ३ जना महिला सदस्य छन्, जसमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी छन् ।
मंगलवार भएको उम्मेदवारी दर्तामा उपमहासचिव र कोषाध्यक्षमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको थियो । ३ जना महिला सदस्यहरूको लागि हुन लागेको निर्वाचनमा ३ जनाले मात्रै उम्मेदवारी दिएका थिए ।
यस्तै, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी दिएका छन् ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ, जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।
७ जना खुला सदस्यहरूको लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, वीजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दीपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सीताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ । हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।

