बाढीका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध



काठमाडौं,जेठ ३१ । बाढीका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिक जनाएको छ । सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । यसअघि जेठ ६ गते रातिको बाढीले तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्