ककनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको निधन



नुवाकोट,जेठ ३१ । जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको निधन भएको छ ।

वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर लामाको निधन भएको हो । लामो समयदेखि मिर्गौला फेल भएर पीडित लामाको बुधबार बिहान करिब ३ बजे निधन भएको हो ।

काठमाडौंको अस्पतालमा उपचाररत लामाको घर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्