सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल
काठमाडौं,जेठ ३२। नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी रहेका थिए ।

